दमक, ३ वैशाख–झापा दमक-१ की सम्झाना साँवा लिम्बूले आफ्नो १२ वर्षिय छोरा युक्फुङ सेरिङ लिम्बूको जन्मदिन फरक ढङ्गले मनाइदिएकी छन् ।

११ वर्ष पुरा गरेर १२औं वर्षमा प्रवेश गर्दै गरेका छोरा युक्फुङको जन्मोसत्सवलाई दमक–२ खरखरेस्थित हाम्रो बाल आश्रमका बालबालिकाबीचमा केक काट्नुका साथै मिठाई र खाना खुवाइएको आमा सम्झानाले बताईन् ।

दमक–१ स्थित चुलाचुली बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत युक्फुङको १२औं जन्मोसत्सवलाई शिक्षा, प्रेरणा, सम्मान र हौसल्ला जागृत गराउन मुख्य उदेश्य रहको सम्झाना साँवा लिम्बूले जनाइन् ।

विश्वाशिलो बचत तथा ऋण सहकारी संस्था दमककी उपाध्यक्ष र नेशनल लाईफ इन्स्योरेन्स दमक शाखामा कार्यरत साँवाले आफ्नो छोरा युक्फुङको जन्मदिनमा हुने फजुल खर्चलाई बचाएर समाजिक कार्यमा खर्चिएको हो ।

जन्मदिनको अवसरमा बाल आश्रममा आश्रित १३ जना स–साना बालबालिकाहरुलाई केक, मिठाईसहित विहानी समयको खाना खुवाइएको युक्फुङकी आमा सम्झानाले बताइन् । त्यसैवीचमा आश्रमका बालबालिकाहरुका लागि विस्कुट, चाउचाउ लगायतका खाजाका सामाग्रीहरु हस्तान्त्रण गरिएको थियो ।

युक्फुङका एक जना दिदी मिङ्सा सेरिङ लिम्बू छन् भने बुबा दिलकुमार भारतीय सेनामा कार्यरत छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *