उर्लाबारी, ५ बैशाख–मोरङको उर्लाबारी नगरपालिका–३ केर्खाली चोकस्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारेसँँगै बेचबिखानमा संलग्न धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २८ वर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *