काठमाडौं, ८ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद ( उल (फित्र) २०८० को अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरू सहित सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले विभिन्न समुदायका चाडपर्व र धर्मसंस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ-
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हुनुका साथै धार्मिक सहिष्णुताको चेतनाका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको साथै आपसी उद्भवको पर्वको रूपमा मनाइने ईदले सबै नेपालीहरूबीच रहिआएको सामाजिक सद्भाव तथा सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छु विज्ञप्तिमा भनिएको छ ।
रमजानको एक महिना लामो व्रत (रोजा) पछिको रातमा चन्द्रमा देखिएको भोलिपल्ट मनाइने ईद अर्थात् ईद-उल-फित्र विश्वभरिका मुस्लिम समुदायको महान् पर्व हो । ईद (ईद-उल-फित्र) ले बन्धुत्वको भावना बढाउन, आपसी सौहार्द्रता र सामाजिक सद्भाव वृद्धि गर्न र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत विज्ञप्तिमा भनिएको छ ।
