धरमपुर, ९ वैशाख–शिवसताक्षी नगरपालिका २ धरमपुर (मंगलबारे) स्थित मंगलबारे बजार र पाराबारी बजार जोड्ने सडक कालो पत्रे भएको छ । वडा नं २ र ३ का स्थानीय उपभोक्ताहरुको साझेदारीमा उक्त सडक कालोपत्रै भएको हो ।
नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयबाट विनियाजित १८ लाख, स्थानीय उपभोक्ताहरुबाट संकलित १९ लाख ९८ हजार ७०५ गरी ९९ लाख ९८ हजार ७०५ रुपैयाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
सडक ९४५ मिटर कालो पत्रे भएको छ भने, सोही सडक वडा नं ३ पर्ने २०० मिटर पनि कालो पत्रे भएको छ । जसमा वडा नं ३ को कार्यालयले १४ लाख र स्थानीय उपभोक्ताले ३ लाख ७५ हजार संकलित रकमबाट थप सडक कालोपत्रे भएको हो । दुई चरणमा कालो पत्रे भए पनि हाल मंगलबारे देखि पाराबारीको ११२४ मिटर पुरै सडक कालोपत्रे भएको हो ।
शिवसताक्षी कै पुरानो बजार मंगलबारे र पाराबारी जोड्ने सडक आवश्यकताको आधार मै कालोपत्रै गरिएको नगरप्रमुख थोप्राले जानकारी दिए ।नगरपालिका, दुवै वडाको शिलिङ्ग बजेट र स्थानीय उपभोक्ताहरुको साझेदारीमा सडक कालो पत्रे गर्ने काम सम्पन्न भएको बताए ।
बाटो कालो पत्रे भएसँगै यहाँका स्थानीयबासी, मंगलबारे र पाराबारीका व्यापारीहरु धेरै उत्साही बनेका छन् । कच्ची बाटोका कारण मानिसहरु धरमपुरबाट सिधै पाराबारी जाने गरेका थिए । अब मंगलबारे बजार हुँदै पाराबारी जाने क्रम बढ्ने अपेक्षा गरिएको छ ।
