बारा, १० वैशाख–जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बारा क्षेत्र नं २ को बेलडाडी, झिटकैया लगायतका केही बुथ कब्जा हुनसक्ने​ आशंका गरेका छन् ।

आइतबार मतदानको अवलोकन गर्ने क्रममा अध्यक्ष राउतले प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले बताए ।

उनले मतदान भइरहेको समयमा बारा-२ का सीमावर्ती गाउँमा आफू र कार्यकर्तालाई जान नदिएको बताए । राउतले भारत सिमासँग जोडएको पचरौता नगरपालिका-४ बेलदारीमा प्रचारप्रसार गर्न समेत जान नदिएको गुनासो गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *