झिलझिले (शिबसताक्षी)–किराँत राई यायोक्खा शिबसताक्षी नगर समितिद्धारा झापाको झिलझिलेमा साकेला उभौली बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

किराँत राई यायोक्खा शिवसताक्षी नगर समितिको आयोजनामा ३० वैशाखमा त्यहाँस्थित माङखिम परिसरमा हुने सो कार्यक्रममा चर्चित कलाकारहरु गायीका मिलन नेवार, हास्यकलाकार सुमन कार्की, गायक जीवन साम्पाङ राई, गायीका नुमा राई लगायतको विशेष प्रस्तुती रहने आयोजक समितिले आज आयोजना गरेको पत्रकार भेटघाटमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार किराँतीहरुको परम्परागत नाच साकेला सिली, परम्परागत खानेकुराहरु वाचिपा तथा घरेलु जाँड लगायतका खानेकुराहरु पनि प्रमुख आकर्षणका रुपमा रहनेछन ।

शिवसताक्षी नगरपालिका र विभिन्न दाताहरुको सहयोगमा सञ्चालन हुने सो कार्यक्रममा करिब साढे ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम संयोजक मिलन राईले जानकारी दिए ।

यायोक्खा शिवसताक्षी नगर समितिका अध्यक्ष पर्शुराम रिङगालुङ राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा निकट भविष्यमा संस्थाका गतिबिधिहरुको नियमित सञ्चालनमा सहजताका लागि यायोक्खा अन्तर्गत रहने गरि अक्षयकोष स्थापना गर्ने समेत लक्ष्य राखिएको जानकारी दिइयो ।

त्यसैगरी यायोक्खाले सो परिसरमा राई, लिम्बु, याक्खा छुम्मा, मगर, तामागं लगायतका जातजातीको पहिचान झल्किने गरि देवी देवताका मूर्ति तथा कलाकृतिहरु समेत स्थापना गरिएको जनाउँदै सो स्थानलाई बहुसाँस्कृतिक पार्कका रुपमा स्थापना गर्ने प्रयास भइरहेको पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिका पवन चाम्लिगंले विगत केही बर्षदेखि कोरोना महामारी र आर्थिक कारण बृहत रुपमा त्यस किसिमको कार्यक्रम गर्न नसकिएपनि अहिलेको परिस्थितीमा आफनो मौलिक पहिचान झल्किने काम कार्यक्रमहरुको महत्व र आवश्यकता अझै बढी भएका कारण सो कार्यक्रमलाई बृहत रुपमा गर्ने तयारी गरिएको बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *