झापा, २८ बैशाख–झापा विद्रोहका योद्धा ‘काका’ (वीरबहादुर प्रधान) उमेरले ९२ वर्ष पुगे । युवावस्थामा राजनीतिक परिवर्तनका निमित्त सशस्त्र कम्युनिष्ट आन्दोलनमा होमिएका वीरबहादुर जीवनको उत्तराद्र्धमा वृद्धाश्रममा जीवन बिताइरहेका छन् ।
बिर्तामोड, मुक्तिचोकबाट १ किलोमिटर दक्षिण–पश्चिममा परोपकार अनुसन्धान केन्द्रले सञ्चालन गरेको वृद्धाश्रमको माथिल्लो तलाकोे साँघुरो कोठामा विगत १० वर्षदेखि गुमनाम जीवन बिताइरहेका झापा विद्रोहका यी योद्धा अहिले एक्लो छन् ।
भारतको कालेम्पुङमा जन्मेका हक्की स्वभावका प्रधान २०२० सालमा एक्लै झापा आए । अन्याय र अत्याचार विरुद्ध सानै उमेरदेखि डटेर लड्ने प्रधानले २०२२÷२०२३सालदेखि नै कम्युनिष्ट पार्टीको भेला र बैठकमा चासो राख्न थाले । सालबारीमा अँधिया खेती गरेर जीविका चलाउने श्रेष्ठको त्यही बेला सोही ठाउँका बुटन चौधरीसँग चिनजान भयो । चौधरी शनिश्चरे गाउँ पञ्चायतका अगुवा नेता थिए । त्यो ठाउँमा उनकै अगुवाइमा खेतीपाती हुन्थ्यो । बर्खाको समय घरमा अन्न सकिएपछि चौधरीसँग प्रधानले दुई मन धान मागेका रहेछन्, तर चौधरीले ठूलो स्वरमा हप्काएर अन्न दिन्न भनेपछि आफूले चौधरीमाथि आक्रमण गरेको उनले सुनाए । सो हमलापछि सालबारीमा ‘गाउँ एक्सन’ भयो । गाउँका धेरै जना पक्राउ परे । त्यो बेला उनी प्रहरीको फन्दाबाट बच्न सफल भए ।
२०२८ सालदेखि झापा विद्रोहको सशस्त्र आन्दोलनमा लागेर भूमिगत भएकैअवस्थाबाट धेरै पटक प्रहरीमाथि आक्रमण गरेर भाग्न सफल भएकोउनी बताउँछन् । त्यतिबेला कम्युनिष्ट आन्दोलनमा लागेको थाहा पाएपछि प्रहरीले परिवारलाई समेत छाड्दैनथ्यो ।
पार्टी काममा लागेपछि उनी परिवारको सम्पर्कमा पनि नरही भूमिगत भए । सीपी मैनाली, राधाकृष्ण मैनाली लगायतको नेताको निर्देशनमा काम गरे । पार्टी कामकै क्रममा २०२८ सालको चैतमा उनी पक्राउ परे । १४ महिना झापा कारागारमा राखिएपछि उनलाईबीरगञ्ज कारागारमा सारियो । त्यहाँ पनि कारागारमा विद्रोहको आवाज उठाएपछि उनलाई काठमाण्डौ कारागार पुर्याइयो । जेलभित्र चरम यातना पाएका प्रधान २०३४ सालमा राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा जेलमुक्त भए । हाल भने उनै प्रधान अहिले वृद्धाश्रममा एक्लो जीवन बिताइरहेका छन् ।
त्यसबेलाको व्यवस्था ठीक थिएन । कोही भोकै मर्थे, कसैको धेरै सम्पत्ति हुन्थ्यो । नेता–जनता सबै समान हुनुपर्छ भनेर आन्दोलनमा लागियो, उनले भने ‘त्यत्रो आन्दोलन गर्यौ । कति साथीले ज्यान गुमाए । हामीले चरम यातना भोग्दै जेल जीवन बितायौं । तर, अवस्था उस्तै छ ।’
सँगै विद्रोहमा होमिएका साथीहरु मन्त्री, प्रधानमन्त्री भएकोमा खुशी छन् । तर, ज्यानको बाजी थापेर उतिबेला विद्रोहमा सरिक भएका उनकोअवस्था भने टिठलाग्दो छ । वर्तमान प्रमुख पार्टीले विद्रोहमा होमिएका योद्धाहरूलाई बेवास्ता गरिएकोमा उनको मन साह्रै दुखेको छ ।
देशको तत्कालीन राजनीतिक व्यवस्था परिवर्तनका निम्ति झापा विद्रोहमा लागेका उनले व्यवस्था परिवर्तनपछि ५/६ पटक ठूला नेतासँग हात मिलाए रे १नेकपा एमालेको कार्यक्रममा ४/५ पटक मञ्चमा चढाए, केपी ओलीले हात मिलाए । कान कम सुन्ने प्रधानले भने, ‘मेरो साथी केपी ओलीलाई भेटेर २/४ कुरा गर्ने धोको छ ।’
एउटा कार्यक्रममा बिर्तामोडमा भेट हुँदा केपी ओली समक्ष केही कुरा राख्न खोज्दा ‘अहिले हल्ला छ, पछि कुरा गरौंला’ भनेको उनी सम्झन्छन् । तर, ९२ वर्षे उनको एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने इच्छा अझै पूरा हुन सकेको छैन । प्रधान अहिले पनि नेकपा एमाले मुलुकको सच्चा कम्युनिष्ट पार्टी भएको बताउँछन् । कम्युनिष्ट पार्टीले नीति र सिद्धान्त छोडेको उनको बुझाइ छ । सत्तामा पुगेपछि नेताहरू सुविधाभोगी र द्रव्यलोभी बन्दै गएको बताउने उनी भन्छन्,‘हामी धनी–गरीब सबै बराबरी भनेर सशस्त्र आन्दोलनमा लाग्यौं । तर, हाम्रा नेता धनकमाउनमा मात्रै तल्लीन भए ।
झापा विद्रोहका अधिकांश नेता अहिले पनि नेकपा एमालेमै छन्, एमालेले पटक–पटक सरकारको नेतृत्व समेत गर्यो । तर, झापा विद्रोहका योद्धाहरु अहिले वृद्धाश्रम र सुकुम्बासी बस्तीमा कष्टकर जीवन बिताइरहेका छन् । यी योद्धाका विषयमा पार्टीको ध्यान कहिले पुग्ला रुवृद्ध प्रधान पार्टीले योगदान नजरअन्दाज गरेको एक प्रतिनिधि पात्र मात्र हुन्, यस्तो बेवास्तामा परेका थुप्रै योद्धा जीवनको उत्तराद्र्धमा यसरी नै अभावै अभावमा जिन्दगी गुजारिरहेका छन् ।
विडम्बना के हो भने, एकातिर एमाले अध्यक्ष केपी ओली माओवादीको सशस्त्र युद्धताका घाइते र अपांग भएका योद्धाहरूको उपचार माओवादीले गर्दैन भने एमालेले गरिदिन्छ’ भनेर डंका पिट्छन् । तर, आफूसँगै झापा विद्रोहमा होमिएका योद्धाहरूको कुनै खुट्खबर त लिंदैनन् नैस भेट्न चाहँदा पनि ती योद्धाहरुले उनलाई भेट्न पाउँदैनन् । तत्कालीन झापा विद्रोहको जगमा पटक–पटक सरकारको नेतृत्व गरिसकेको कम्युनिष्ट पार्टीले यस्ता योद्धाहरुकोगास वास र कपासको न्यूनतम मानवीय आवश्यकता पूरा गरिदिन कुनै दिन सोच्ला त ?
सुखानी सन्देश साप्ताहिकबाट
