दमक, ६ बैशाख–झापाको शिवसताक्षी नगरबाट प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

शिवसताक्षी–७ चन्द्रडाँगीका ३२ वर्षीय गंगा बहादुर मगरले आफ्नै घरमा लागू औषध सेवन तथा बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घरकोठामा खानतलासी गर्दा सुत्ने कोठाभित्र बिक्री बितरणको लागि प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलको पदार्थ १३ ग्राम ३२० मिलिग्राम फेला पारेको थियो ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *