काठमाण्डौं, ६ वैशाख–सामाजिक संजाल ‘फेसबुक मोनिटाइजेसन’ नेपालका लागि पनि खुल्ला भएसँगै यतिबेला धेरै नेपालीहरू यसलाई आम्दानीको स्रोत बनाउन उत्साहित छन् ।
यही उत्साहका बीच ओखलढुङ्गामा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाउनुभएका कम्प्युटर इन्जिनियर केदार तिमिल्सिनाले नेपालीहरूलाई प्रविधिमार्फत आत्मनिर्भर बनाउन ‘एमडीआर’ अभियानको नेतृत्व गरिरहनुभएको छ ।
एमडीआरको सुरुवात र उद्देश्यः
सन् २०२६ जनवरी १८ मा गठन भएको एमडीआर टोली जनवरी २२ देखि केदार तिमिल्सिनाको नेतृत्वमा सक्रिय रूपमा सञ्चालनमा आएको हो । विशेषगरी ग्रामीण भेगका नागरिक, जो फेसबुक र यसबाट हुने कमाइबारे अनविज्ञ छन्, उनीहरूलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो । हाल यो अभियान नेपालका ७७ जिल्ला र विदेशका २३ भन्दा बढी देशमा फैलिइसकेको छ ।
सहज सिकाइ र प्राविधिक सहयोगः
फेसबुक मोनिटाइजेसनका लागि आवश्यक मापदण्ड (जस्तैः फलोअर्स र भ्युज) पूरा गर्न र प्राविधिक समस्या समाधान गर्न यो समूहले निःशुल्क परामर्श दिँदै आएको छ । अभियानलाई थप प्रभावकारी बनाउन १०० जनाको मुख्य टोलीलाई तीन उप–समूहमा विभाजन गरिएको छ ।
१. Nepal Viral Monetization
२. Digital Kamai Chautari
३. Pradesh Ma Nepali Man
विशेषज्ञ टोली र कार्य विभाजनः
‘एमडीआर’ले प्रयोगकर्ताका समस्या समाधान गर्न विभिन्न विधाका ’हेल्प टिम’ बनाएको छ । अमृत गुरुङ, शुभेच्छा फुयाल, सबिन श्रेष्ठ लगायतले फलोअर्स वृद्धि र आइडिया दिने काम गरिरहनुभएको छ ।
भाइलेसन र प्राविधिक समस्या समाधानमा गङ्गाराम मिश्र लगायतका रहनुभएको छ ।
कन्टेन्ट क्रिएसन (भिडियो निर्माण) मा नन्दा रिजाल, रिना दाहाल, जुनु थापा, टिका राउत रहनुभएको छ ।
अनुशासन विभागमा रिना दाहाल, अन्जना श्रेष्ठ, बिमला पौडेल रहनुभएको छ ।
पे–आउट र ट्याक्स (आम्दानी व्यवस्थापन) मा घनश्याम भुसाल, राजेन्द्र प्रसाद रेग्मी, महेन्द्र गौतम, लक्ष्मीप्रसाद बास्कोटा, पूजा घिमिरे रहनुभएको छ ।
नियमित प्रशिक्षण र लाइभ कार्यक्रम
नयाँ सदस्यहरूलाई सिक्न सजिलो होस् भनी एमडीआर टोलीले प्रत्येक साझ (बेलुका) ७ः३० बजे फेसबुक लाइभ गर्ने गर्दछ । मुख्य लिडर केदार तिमिल्सिना आफैँ शनिबार र आइतबार बेलुका ८ बजे लाइभमा जोडिएर जिज्ञासाहरूको समाधान गर्नुहुन्छ । यसबाहेक महिनामा दुई पटक जुम मार्फत विशेष तालिम पनि प्रदान गरिन्छ ।
यो अभियानमा कृषक, गृहणी, विद्यार्थीदेखि सरकारी कर्मचारी, अवकाशप्राप्त कर्मचारी र सुरक्षाकर्मीहरूसमेत जोडिएका छन् । तिमिल्सिनाको मुख्य जोड आफ्नै मौलिक भिडियो र सन्देशमूलक सामग्री निर्माणमा छ ।
कुनै स्वार्थबिना नेपालीहरूलाई प्रविधिको सही सदुपयोग गर्न सिकाउनु र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु एमडीआर अभियानकर्मी एबम इन्जिनियर तिमिल्सिनाको उद्देश्य हो ।
