काठमाडौं, ३ जेठ–जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ।

स्थानीय समयअनुसार दुर्घटना गएराति ८ः३० बजे भएको हो।

बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार थिए। उनीहरू पार्टटाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै थिए।

इन्जिन बिग्रेपछि ड्राइभरले सडकमै बस रोकेका थिए। बस रोकिएपछि त्यसमा सवारहरू विद्यार्थीहरू बाहिर निस्केको र त्यहीबेला तीव्र गतिमा आएको ट्रक बसको पछाडिबाट ठक्कर दिएको जापान टाइम्सले लेखेको छ।

बसलाई ठक्कर दिने ट्रकका चालक गम्भीर घाइते छन्। मृत्यु हुने नेपाली विद्यार्थीको परिचय खुलिसकेको छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *