काठमाडौं, ५ जेठ–हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

‘गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ,’ प्रधानांगले सेतोपाटीसँग भने, ‘राति कोशी प्रदेशका केही स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालीका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना देखिन्छ।

अहिले प्रिमनसुन गतिविधि भइरहेको र यो क्रम अझै केही दिन जारी रहने पनि उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *