धरमपुर (शिबसताक्षी), ५ जेठ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित लेलिया खोलामा ट्रस पुल निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत लेलिया खोलामा ३२ मिटर लामो ट्रस पुल निर्माण सम्पन्न भएको हो ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट रु १३, १४,०११।९०, प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट श्रम तथा जिन्सी अन्तर्गत रु २२,१०,०१७।९६ र समुदाय मार्फत जन श्रमदान अन्तर्गत रु ७१,९१८।९८ सहित जम्मा रु ३५,९५,९४८।८४ लागत खर्चमा ट्रस पुल निर्माण भएको हो ।

साविक धरमपुर गाविसको वडा नं ८ र ९ लाई छुट्याउने लेलिया खोलामा सो पुल निर्माण सम्पन्न भएसंगै ६२३ घरधुरी प्रत्यक्ष लाभान्वित हुने नेकपा (माओवादी केन्द्र) का नेता तथा सामाजिक अगुवा दुर्गा नेम्बाङले जानकारी दिए । नेम्बाङको नेतृत्व र पहलमा सो ट्रस पुल निर्माण भएको हो ।

स्थानीय उपभोक्ता समेत रहनुभएका नेपाल आदिवासी जनजाती महासंघ शिबसताक्षी–१ का अध्यक्ष अर्जुन चाम्लिङ राईका अनुसार लेलिया खोलामा ट्रस पुल निर्माण भएपछि वर्षायामको समयमा होस या छोटो समयमै वारीपारी गर्न सहज हुने भएको छ ।

लेलिया खोलामा ट्रस पुल निर्माणसंगै धरमपुर बजारमा औषधी तथा दैनिक उपभोग्य सामाग्रीहरु खारिद गर्न, विद्यालयमा आवत जावत गर्न विद्याार्थीहरु सहित प्रशासनिक कामको शिलशिलामा वडा कार्यालयतर्फ आउन जान स्थानीयवासीलाई सहज भएको युवा नेता अर्जुन चाम्लिङ राईले बताए ।

सो ट्रस पुलमा दूई पाङ्ग्रे सवारी साधनहरु साइकल र मोटरसाइकलदेखि सिटी, अटो लगायत अरु हल्का सवारीसाधनहरु ओहोरदोहोर गर्न सक्ने भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *