दमक, ५ जेठ–लायन्स क्लब अफ इन्टरनेसनल ३२५ सी सेकेण्ड भाइस गर्भनर पदका उम्मेद्धार लायन्सकर्मी अजयकुमार अग्रवालले जीवनको महत्वपूर्ण समय लायन्स क्लबको निर्माण, विकास र व्यवस्थापनमा खर्चिएको बताउनुभएको छ ।
अग्रवालले लायन्स क्लब अफ इन्टरनेसनल ३२५ सी सेकेण्ड भाइस गर्भनर पदमा उम्मेद्धारी दर्तापछि आज (शुक्रबार) झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित चुनावी अभियान तथा लायन्यकर्मीहरुसंग भेटघाट कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो ।
दमकमा व्यवसायसंगै सामाजिक क्षेत्रमा सक्रिय लायन्सकर्मी अग्रवालले आगामी जेठ १२ गते धरानमा सम्पन्न हु्ने लायन्स क्लब अफ इन्टरनेसनल ३२५ सी सेकेण्ड भाइस गर्भनर पदमा उम्मेद्धार दिनुभएको छ ।
सो अवसरबीचमा अग्रवालले जीवनको अत्यन्तै उर्वर र महत्वपूर्ण समय लायन्स क्लबकै निम्ति बिताएको स्मरण गर्नुभयो । ‘म लायन्स क्लब लगायत अरु धेरै सामाजिक संघसंस्थाहरुमा सक्रिय छु, तर ती संघसंस्थाहरुको जिम्मेवारीमा देखिएको छैन’, अग्रवालले अघि भने । वहाँले ‘म लायन्समै छु, हिजो पनि आज पनि र भोली पनि लायन्समै रहिरहने बताउनुभयो ।
लायन्स क्लब अफ दमकका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा र डिस्टिक पूर्व गर्भनर रेवतवहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथी डिस्टिक पूर्व गर्भनर कार्कीले लायन्सको इतिहासमा अजयकुमार अग्रवालको मान, सम्मान र प्रतिष्ठा उच्च भएको बताउनुभयो । कार्कीले लायन्स लिडर अजय कुमार अग्रवालका योगदानलाई विर्सन नसकिने बताउनुभयो । सो क्रममा वहाँले अग्रवाललाई जीतको शुभकामना व्यक्त गनुर््भयो ।
लायन्सकर्मी दिवस राई कार्यक्रममा स्वागत मन्तव्य राख्दै अजयकुमार अग्रवालले लायन्स क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा लायन्स लिडर प्रविण गौतम (इटहरी) दिपेन्द्र निरौला (धरान) सत्यनारायण शर्मा, कोमल शाक्य (उर्लाबारी) र मुकेश उपाध्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लायन्स क्लब अफ इन्टरनेसनल ३२५ सी सेकेण्ड भाइस गर्भनर पदमा जेठ १२ गते धरानमा निर्वाचन हुदैछ । सो पदमा दमकबाट अग्रवालसंगै बबरजंग थापा (किरण) को उम्मेद्धारी छ ।

