काठमाडौं, ६ जेठ–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन्।

शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए। मन्त्री ज्वालाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे।

‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ। संसदमा नीति तथा कार्यक्रम प्रश्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरू प्रस्तुत गरेका छौँ। जनतालाई सम्बोधन हुने खालका नीतिहरू हामीले सम्बोधन गरेका छौँ। यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ,’ उने भने।

मन्त्री ज्वालाले गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए। उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताए। मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताए।

मन्त्री ज्वालाले भने, ‘यसको ग्राउण्ड भनेको गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम हो। नीति कार्यक्रमलाई केन्द्रित बनाएर बजेट ल्याउने तयारीमा छौँ। बजेटले पछिल्ला समस्यालाई समाधान गर्नेगरी आर्थिक समस्या, अन्य समस्याहरूलाई समाधान गर्ने गरी अर्थतन्त्रमा नयाँ मोड ल्याउने र अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्ने र भ्रष्टाचारका काण्डहरू आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *