काठमाडौं, ६ जेठ–सरकारले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताएका हुन्।
गत चैतसम्मको तथ्यांकअनुसार हालसम्म एक करोड १० लाख बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन्।विभागबाट १० लाख २५ हजार बढी राष्ट्रिय परिचयपत्रको छपाइ काम सकिएको छ। त्यसमध्ये जम्मा एक लाख २५ हजारले मात्रै राष्ट्रिय परिचयपत्र पाएका छन्।
