काठमाडौं, ६ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणले नयाँ रेकर्ड बनाउने बताएका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका हुन्।

‘मेरो निकट भविष्यमा हुन लागेको भारत भ्रमणका क्रममा पनि केही रेकर्डहरू बनाउन सकिन्छ भन्ने विश्वासका साथ तयारी भएको छ। केही रेकर्डहरू नेपाल र नेपाली जनताको पक्षमा बनाउने कोसिस मेरो छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले चाँडै भारत भ्रमण गर्ने तयारी गरेका छन्। दुवै पक्षले उनको भारत भ्रमणको तालिकाबारे गृहकार्य गरिरहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *