दमक, ६ जेठ–झापाको दमकमा सञ्चालित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । १४औं स्थापना दिवसको अवसर पारेर सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले एक साता व्यापी कार्यक्रमको आयोजना गरेको छ ।

यसैबीच, शुक्रबार सहकारी संस्थाद्धारा कमल गाउँपालिका वडा नं ५ पाँडाजुङ्गीस्थित शसस्त्र प्रहरी ३८ नम्बर रिजर्भ गणको कवर्डहलमा अन्तर सदस्य ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गरिएको छ । सहकारी संस्थाका सञ्चालक तथा कर्जा विभाग प्रमुख इश्वर नेपालका अनुसार अन्तर सदस्य ब्याटमिन्टन प्रतियोगितामा मेची मदिरा व्यवसायी संघ बिजेता बनेको छ । उसले नगद १५ हजारसहित प्रमाणपत्र, मेडल, ट्रफि र शिल्ड हात पार्न सफल भएको छ ।

सो प्रतियोगितामा मेची मदिरा व्यवसायी संघले अटो मोबाइल व्यवसायी संघलाई पाखा लगाएको हो । उपबिजेता अटो मोबाइल व्यवसायी संघले नगद १० हजारसहित प्रमाणपत्र, मेडल, ट्रफि र शिल्ड हात पारेको छ । त्यसैगरी, सो प्रतियोगितामा तेस्रो स्थान हुने कपडा व्यवसायी संघले नगद ५ हजारसहित प्रमाणपत्र, मेडल, ट्रफि र शिल्डमा चित्त बुझाएको छ ।

प्रतियोगिता सञ्चालन हुनुअघि दमक उद्योग बाणिज्य संघ र शसस्त्र प्रहरी पाथिभरा शिक्षालय पाँडाजुङ्गीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाराज सापकोटाको अध्यक्षतामा प्रतियोगितामा बिजेता, उपबिजेता लगायत अन्य टीम तथा खेलाडीहरुलाई प्रमाणपत्र, मेडल, शिल्ड बितरण गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले पुरुस्कार बितरण गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइराला, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतका अतिथिहरुले सहकारी संस्थाको चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यता, संस्थाले १४औं स्थापना दिवसको अवसरमा खेलकुद तथा स्वास्थ्य, वातावरण तथा सरसफाई, शिक्षा, जीवन विज्ञान र वृहत रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको कर्जा बिभाग प्रमुख इश्वर नेपालले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *