दमक, ७ जेठ–दमकमा महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सञ्चालनमा आएको छ । दमक नगरपालीकाले महिलाहरुका लागी नौमति बाजा बजाउने तालिम सञ्चालन गरेको हो ।
तालिमको दमक नगरपालीकाका प्रमुख राम थापा र उप प्रमुख रेगिना भट्टराईले सो तालिमको आज (आइतबार) उद्घाटन गर्नुभयो ।
तामिलको सुभारम्भ गर्दै नगर प्रमुख थापाले संस्कृतिको प्रबर्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देस्यले तालिम सञ्चालन गरिएको बताउनु भयो । पछिल्लो समय बिभिन्न कार्यक्रमहरुमा नौमति बाजाको माग बढिरहेको भन्दै उहाँले महिलाहरुले बजा बजाउँदा आकर्षक पनि देखिने भएकोले यसको माग एकदमै धेरै रहेको बताउनु भयो ।
कार्यक्रममा नगर उपप्रमुख भट्टराईले नौमति बाजा कुनै एक लिङ्ग वा समुदायले मात्रै बजाउने नभई जसले पनि बजाउन सकिने बताउनु भयो । महिलाहरुले बाजा बजाउँदा समाजिक बिभेदको अन्त्य समेत हुने भन्दै उहाँले महिला आत्मनिर्भर पनि बन्ने बताउनु भयो । सिकेको सिपलाई उच्चतम सदुपयोग गर्दै समाजमा उदाहरणीय बनेर देखाउन सहभागीलाई उहाँले आग्रह समेत गर्नुभयो ।
दमक नगरपालीकाले बाजा बजाउनु ईच्छुकलाई आवेदन दिन आग्रह गरेकोमा दुई वटा संस्थाबाट सहभागीताको लागी आवेदन आएकोले उनिहरुलाई छनौट गरी तालिम दिन थालिएको दमक नगरपालीका समाजिक शाखाका अधिक्रित डम्बर बरालले जानकारी दिनुभयो ।
वडा नम्बर ३ को महिला शशक्तिकरण समुहका १५ जना र वडा नम्बर १० को संगम आमा समुहका १५ जना गरी ३० जनालाई एक महिने तालिम सुरु गरिएको उहाँले बताउनु भयो । तालिममा आवस्यक एक सेट बाजाको प्रबन्ध समेत नगरपालीकालेनै गरेको अधिक्रित बरालले जानकारी दिनुभयो ।
