दमक, ८ जेठ–जैविक विविधता दिवसको अवसर पारेर आज (सोमबार) दमकस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले दमक वसपार्कमा सरसफाई गर्नुका साथै साथीभाई समुह संस्थालाई फूलसहितको गमला, डस्टविन हस्तान्त्रण गरिएको छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको १४औं स्थापना दिवसको सन्द्धर्भमा दमकस्थित वसपार्क सरसफाई गरिनुका साथै साथीभाई समुह संस्थालाई फूलसहितको ३० थान गमला र ३० थान डस्टविन हस्तान्त्रण गरिएको हो ।

सूर्य दर्शन सहकारी संस्थाले आफ्नो स्थापना दिवसमा साता व्यापी विभद कार्यक्रमहरु गर्दै आइरहकेो संस्थाका कर्जा बिभाग प्रमुख इश्वर नेपालले जानकारी दिए ।

कर्जा बिभाग प्रमुख नेपालका अनुसार यसअघि, संस्थाका सदस्यहरुबीच व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको र सो प्रतियोगितामा मेची मदिरा व्यवसायी संघ पहिलो, अटो मोबाइल व्यवसायी संघ दोस्रो र कपडा व्यवसायी संघ तेस्रो भएका थिए । उनीहरुले क्रमशः नगद १५, १० र ५ हजारसहित प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गरेका थिए ।

सोमबार विहान वसपार्कमा एक कार्यक्रमबीच दमक नगर प्रमुख रामकुमार थापा, सुर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाराज सापकोटा, व्यवस्थापक अरुण भण्डारी, राजकुमार खड्का, इश्वर नेपाल लगायतले साथिभाई समुह संस्थाका अध्यक्ष गगाप्रसाद सिटौलालाई सामाग्रीहरु हस्तान्त्रण गनुर््भएको हो ।

साथिभाई समुहले दमक वसपार्कसहित आसपासको क्षेत्रमा सामाजिक सेवाका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहकेो छ ।

सरसफाई तथा गमला र डस्टविन हस्तान्त्रण कार्यक्रममा दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा, दमक ७ का वडा अध्यक्ष भीम पौडेल, साथिभाई समुह संस्थाका सदस्य तथा दमकका सामाजिक अगुवा कमल कटुवालले दमकलाई स्वच्छ, सफा, हरियाली, आर्कषक बनाउन, मुख्य चौक र सडकहरुमा राखिएका गमलाको हेरचार र चौक बजारको सरसफाई लगायतका कार्यहरुका बारेमा आ–आफ्नो बिचारहरु राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले दमक सहित आसपाको क्षेत्रमा विक्तिय कारोबारसंगै सामाजिका क्षेत्रमा महत्वपूर्ण योगदानहरु गर्दै आइरहेको बताए ।

सहकारी संस्थाले आफ्नो सेवा र व्यवसयाबाट केही खर्च सामाजिका सेवा समेत खर्चिनुपर्ने भएकोले सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकालदेखि निरन्तर सामाजिक कार्यमा सक्रियता देखाइरहेको अध्यक्ष सापाकोटाले बताए ।

सो कार्यक्रमको सञ्चालन साथिभाई समुहका दिपेन्त तिवारीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *