काठमाडौं, ९ जेठ–नेकपा एमालेको जनवर्गीय संगठनहरुको पदाधिकारी बैठक बस्दैछ। महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले आज पदधिकारीहरुको बैठक राखेको हो। बैठक दिउसो १ बजे पार्टी कार्यलय च्यासलमा बस्नेछ।

बैठकमा २३ वटै जनसंगठनका अध्यक्षसहित पदाधिकारी र आयोगका अध्यक्षहरु सहभागी हुनेछन्। बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

रिजालका अनुसार हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णय र पास गरेका प्रस्तावलाई सबै जनसंगठनहरुले अपनत्व लिएर त्यसै अनुसारका कार्ययोजना बनाउन निर्देशन गरिनेछ। बैठकमा सबै जनसंगठनका अध्यक्षहरुले हालसम्म गरेका कामहरुको प्रगति विवरण पनि पेश गर्नेछन्।

बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेले पनि निर्देशनात्मक सम्बोधन गर्नेछन्। बैठकमा जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले एक वर्षमा सम्पन्न भएका जनसंगठनका महाधिवेशनहरुको प्रतिवेदन भिडियो रिर्पोट मार्फत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *