दमक, ९ जेठ–नेपाल शारीरिक सुगठन (बडी विल्डीङ) की अन्तराष्ट्रिय खेलाडी रजनी श्रेष्ठले दमकमा बडी बिल्डर्सहरुलाई लक्षित गर्दैैै व्यवसाय सञ्चालनमा ल्याएकी छिन ।
सन २०१९ मा इन्डोनेशियामा भएको एशियाकप बल्डी बिल्डर्स प्रतियोगिताकी उपविजेता मोरङ मिक्लाजुङ निवासी श्रेष्ठले दमकमा ‘आरएस सप्लिमेन्ट’ सञ्चालनमा ल्याएकी हुन् । उनी बडी विल्डर्सहरुको अन्तराष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने पहिलो महिला खेलाडी पनि हुन् । उनलाई सरकारले पुरस्कार तथा सम्मान समेत गरिसकेको छ ।
डेढ बर्ष अघि काठमाडौंको कमलपोखरीमा शुरु गरेको ‘आरएस सप्लिमेन्ट’ को पहिलो शाखाका रुपमा दमकको थाना रोडमा सो व्यवसाय सञ्चालनमा ल्याएकी हुन् । शारीरिक स्वस्थताको परिपूरकका रुपमा अन्तराष्टिय जगतमा शारिरीक सुगठन अभ्यासलाई लिइने गरिएकाले नयाँ पुस्ता यसतर्फ आकर्षित हुने क्रम बढदो छ । अहिले धेरै युवा साथीहरुको रुची बल्डी बिल्डर्समा रहेकाले उनीहरुको आवश्यकतालाई सम्बोधन गर्न यो व्यवसाय विस्तार गरिएको श्रेष्ठको भनाई छ ।
सो सप्लीमेन्टमा बडी बिल्डर्स खेलाडीहरुका लागि आवश्यक प्रोटिन (सप्लीमेन्ट) खाद्य तथा पोशाक (युनिफर्म) हरु अमेरिकी ब्राण्डका भएको सञ्चालक श्रेष्ठका पति समिर श्रेष्ठले जानकारी दिए । उनले यहाँका युवाहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको सो सप्लीमेन्ट पसल दमकका लागि फरक र नौलो विशेषताको भएको जनाएका छन् ।
सो पसलको औपचारिक शुभारम्भ समिरकी आमा लक्ष्मीदेवी श्रेष्ठले गरेकी छिन् भने मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राईसहित युवा व्यवसायी तथा शुभचिन्तकहरुको समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
