कमल कटुवाल/कमल, ९ जेठ–झापाको कमल ६ मा रहेको श्री पञ्चकन्या प्राथमिक विद्यालयमा आइतबार विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कमल–६ मा रहेको यस पञ्चकन्या प्रा.वि.गठन गरिएको पञ्चकन्या बालक्लबको आयोजनमा उक्त कार्यक्रम आयोजना भएको हो । उक्त कार्यक्रममा सहजकर्र्ताको रुपमा शुलर्भराज बरालले सहजीकरण गर्नुभएको छ ।

कार्यक्रममा बाल अधिकार, नेतृत्व विकास, जनसंचार र सरसफाई सम्बन्धि जानकारी दिइएको पञ्चकन्या बालक्लबका अध्यक्ष करण कार्कीले जानकारी दिएका छन् ।

गत हप्तामात्र पुनःगठन गरिएको उक्त बालक्लबले बालबालिकाका अधिकारमा बारेमा अगामी दिनहरु यि यस्ता जानकारीमूलक कार्यक्रम, स्वास्थ्य कार्यक्रम, खेलकुद लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेका समेत बालक्लबका अध्यक्ष कार्कीले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष पूर्ण बहादुर राई, विशिष्ट अतिथिका रुपमा विद्यालय व्यवस्थापन समितिका सदस्य महेन्द्र पौडेल रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन बालक्लबका सदस्य अकिंत राईले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *