बिर्तामोड, १० जेठ–झापा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले आज आफ्नो जन्मदिनको अवसरमा बहुजातिय सांस्कृतिक संग्राहलयसहितको निमार्णाधीन झापा नाटक घरलाई ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्चिने आफ्नो योजना अनुरुप संस्कृति तथा मौलिकता जागरणका लागि निमार्णाधीन नाटक घरलाई सहयोग गरेको उनले बताए ।

बिर्तामोड–१ स्थित देवीपञ्चकन्या उत्तरपट्टि निमार्णाधीन नाटक घरमै पुगेर भट्टराई तथा उनकी आमा मायादेवीले उक्त रकम क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई हस्तान्तरण गरे । समूहका अध्यक्ष कल्पितले सहयोगी भट्टराईलाई धन्यवाद दिएका छन् । बिभिन्न संघ संस्थामा आबद्ध भट्टराईले आफ्नो तथा परिवारको जन्मदिनमा तथा विशेष अवसरमा यसरी नै प्रत्येक वर्ष सामाजिक कार्य गर्दै आएका छन् ।

साथै, सोही अवसरमा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले समेत नाटक घरलाई २५ हजार रुपैयाँ सहयोग गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा नाट्य समूहको बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी, कोषाध्यक्ष मुना प्रसाई, व्यवस्थापक राजकुमार भट्टराई, संरक्षक मायादेवी सिटौला, शान्ता बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

एक ब्यक्ति एक इटा अभियान अन्तरर्गत स्थानीय, प्रदेश र संघीय सरकारसहित विभिन्न दाता तथा सहयोगीबाट निमार्णाधीन भवनमा १ करोड ९० लाख खर्च भइसकेको अध्यक्ष कल्पितले जानकारी दिए । त्यस्तै, एक धुर जमिन सहयोग समपर्ण अभियानबाट हाल सम्म ७ कठ्ठा ५ धुर जमिन प्राप्त भइसकेको उनले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *