धरान, ११ जेठ–लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ सि नेपालको शुक्रबार धरानमा हुने सम्मेलनले आफ्नो डिस्ट्रिकको नेतृत्व चयन गर्दैछ । उक्त सम्मेलनमा लायन्स क्लव अफ झापा दमकले सेकेण्ड भाइस गर्भनरका उम्मेद्वार अजयकुमार अग्रवाललाई अघि सार्दै उहाँलाई विजय गराउन अनुरोध गरेको छ ।
डिस्ट्रिकका वर्तमान पदाधिकारीहरु तथा केहि पुर्व गर्भनरहरुले डिस्ट्रिकलाई राजनीतिक अखडा बनाउन खोजेको र शक्तिको दुरुपयोग गर्दै मत प्रभाव पार्न बिभिन्न गतिविधि गरेको भन्दै लायन्सकर्मीहरुले आक्रोश पोखिरहेको अवस्थामा सम्मेलन हुन लागेको हो ।
लायन्सको गरिमालाई बचाउन, लायन्सलाई राजनीतिकरण हुनबाट जोगाउन र सिमित ब्याक्तिहरुको सिन्डिगेटमुक्त बनाएर लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक २३५ सिलाई लायन्स जस्तै बनाउनका लागि अग्रवाललाई अघि सारिएको लायन्स क्लव अफ झापाले जनाएको छ । सामाजिक सेवामा सक्रिय लायन्सलाई राजनीतिक र सिण्डिगेटमुक्त बनाएर लायन्सको घट्दो गरिमालाई बढाउन अग्रवाललाई अघि सारिएको बताइदै आएको छ ।
उम्मेद्वार अग्रवालले आफुले बारम्बार रुपमा अग्रजहरुले भने अनुसार गर्दै आएको र अग्रजहरुले यो बर्ष सर्वसम्मत सेकेण्ड भाइस गर्भनरमा अघि सार्ने बताएपनि त्यसो नगरेकाले लायन्सकर्मीहरुको हौसला, साथका कारण आफु उम्मेद्वार बनेको जनाएकाछन् । मेरो सक्रियता र निरन्तरता नै जित्ने आधार हो, उनले भने । स्वतन्त्रता पुर्वक लायन्सकर्मीहरुले नेतृत्व छान्नेमा म आशाबादी छु, अग्रवालले भने । करकाप र जबरजस्ति कहिबाट हुनु नहुने जनाउदै कामको मूल्याङ्कन गर्न उनको आग्रह रहेको छ ।
जबरजस्ति क्रिडेन्सियल फारम भराउने कार्य बन्द
वर्तमान पदाधिकारीहरुले निर्वाचन समितिसंग साँठगाँठ गरेर लायन्स क्लवका मतदाताहरुको नामवली अगाडि नै संकलन गरेर निर्वाचनलाई धाँधली र आफु अनुकुल बनाउने उदेश्यले क्रिडेन्सियल फारम भराउने गरेको थाहा पाएपछि क्लव तथा लायन्स लिडरहरु बिरोध गरेकाछन् । यस्तो दुनियामा कहि पनि देखिएको थिएन तर अहिले लायन्सको यो डिस्ट्रिकमा देखिएको छ, पुर्व गर्भनर फुलकुमार लालवानीले भने ।
यो त सम्मेलन स्थलमा क्लवले फारम भर्ने हो तर अगाडि नै जबरजस्ति भराउदै हिड्ने कार्य राम्रो होइन, उनले थपे । लायन्सलाई कता लगिदैछ र राजनीतिकरण गरेर के बनाइदैछ रु अचम्मअचम्म हुँदेछ, लालवानीको गुनासो थियो । आफुले भनेको मान्छेलाई जिताउन जे पनि गर्ने कार्य सुहाउदै सहाएको छैन, उनले भने ।
सवैतिरबाट विरोध आएपछि डिस्ट्रिकले क्रिडेन्सियल फारम कार्यक्रमस्थलमा नै भर्न सकिने सूचना जारी गरेको छ । स्वईच्छिक रुपमा भर्न सकिने भनेर फारम पठाईएको भन्दै उक्त कार्यको बचाउ गर्न खोजेको पनि देखिएको छ ।
अजय अग्रवाल जित नजिक
यसैबीच लायन्स लिडर तथा लायन्सकर्मीहरुले सेकेण्ड भिडिजिको उम्मेद्वारमा झापा दमकका अजयकुमार अग्रवाल जित नजिक रहेको बताएकाछन् । अग्रवालले लायन्सलाई दिएको समय र लायन्सप्रतिको निरन्तरताका कारण नै उनि विजय नजिक रहेको लायन्स डिस्ट्रिक ३२५ सि का एरिया चिफ दिवश राईले बताए ।
लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले आफ्नो क्लवले उम्मेद्वार उठाएका अग्रवाललाई जिताउन आग्रह गर्दै लायन्स अभियानलाई सार्थक रुपमा अघि बढाउन र राजनीतिमुक्त बनाउन जरुरी रहेको बताए । सबै लायन्स क्लवहरुको साथ र सहयोगको भरिपुर अपेक्षा रहेको छ, उनले भने ।
