दमक, ११ जेठ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय परिषद सदस्य राजेन्द्र दाहालले नेपालमा कम्युनिष्ट आन्दोलन र उपलब्धीका विषयमा गहिरो समिक्षा गर्नुपर्ने समय आएको बताउनुभएको छ ।
आज (विहिबार), झापाको दमकमा अन्तरक्रिया कार्यक्रममा नेता दाहालले कम्युनिष्ट पार्टीको स्थापनादेखि हालसम्मको आन्दोलन र उपलब्धीका विषयमा समिक्षा गर्दै समाजवादको यात्रामा एकीकृत समाजवादीलाई साथ र सहयोग गर्नु आवश्यक रहेको बताउनुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रिय परिषद सदस्य दाहालले पछिल्लो समय कम्युनिष्ट राजनीतिको बिचार, नीति, सिद्धान्तहरु स्खलित हुँदैं आइरहेकोमा दुखेसो व्यक्त गर्नुभयो । कम्युनिष्ट हुँ भन्ने तर बिचार, व्यवहार, नीति, सिद्धान्त र कार्यदिशामा माक्सवादी दर्शनलाई छुदै नछुने अवस्थाहरु बढ्दैं आइरहेकोप्रती नेता दाहालले आपत्ती जनाए ।
नेता दाहालले केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेले कम्युनिष्टको नाम मात्रै भएको तर बिचार, योजना, कार्यदिशा र सिद्धान्तहरु फरक रहकै कारण हाल सो पार्टी जनताबीचमा कमजोर अवस्थामा प्रस्तुत हुँदैं आएको दावी गर्नुभयो । एमालेमा पार्टी कमिटीको निर्णयलाई भन्दा बढी ओलीको आफ्नो व्याक्तिगत निर्णयहरु हाबी बन्दै जानुले पनि थप समस्याहरु बढ्दै आएको नेता दाहालले बताउनुभयो ।
वहाँले नेपालमा कम्युनिष्टहरु एकता हुने र फेरी खण्डित हुने अवस्था आजको मात्रै नभएर पुरानै समस्या भएको बताउनुभयो ।
त्यस्तैं, कार्यक्रममा पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीले एमाले भष्ट्र र गुण्डाहरुको झुण्ड (पार्टी) बनेको बताउनुभएको छ । वहाँले भष्ट्र र गुण्डाहरुलाई संरक्षण गरिरहेको एमाले आगामी निर्वाचनमा नाङ्गिएर जाने ठोकुवा गर्नुभएको छ ।
कार्यक्रममा पाटीका कोशी प्रदेश सदस्यद्धय शशि पौडेल, शान्तिराम आचार्य, दमक नगर कमिटी इन्चार्ज हरि नेपाल, समाजवादी प्रेष संगठन झापाका अध्यक्ष अनिलदेब राई, दमक नगर सचिव सुवास सुवेदी, नगर उपसचिव मदन गुरुङले आ–आफ्ना बिचारहरु राखेका थिए ।
