दमक, ११ जेठ–कोशी प्रदेश नाम खारेजी र प्रदेश नं १ पुनः नामाङकनको अभियानमा आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) झापा क्षेत्र नं ५ ले गंगा राई शेर्माको संयोजकत्वमा १०१ सदस्यीय प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

जसपा दमक नगर अध्यक्ष महेन्द्र चाम्लिङ राईका अनुसार दमक फाल्गुनन्द चौकस्थित जसपा दमक नगर समितिको कार्यालयमा आयोजित कार्यक्रमले केन्द्रिय सदस्य गंगा राई लिम्बूको संयोजकत्वमा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन गरिएको हो । सो समितिको सचिवमा सुरेश लावोती, सहसचिवमा शान्ता लावती र कोषाध्यक्षमा ज्ञानेन्द्र कुरुङबाङ छन् ।

त्यस्तैं, समितिको सदस्यहरुमा झापा निर्वाचन क्षेत्र नं ५ मा बसोबास गर्नुहुने पार्टीका केन्द्रिय सदस्यहरु, प्रदेश ससदस्यहरु, लिम्बूवान राज्य समितिका सदस्यहरु, जिल्ला, नगर र गाउँ समितिका सदस्यहरु प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा रहने व्यवस्था भएको जसपा दमक नगर अध्यक्ष चाम्लिङले जानकारी दिए ।

जसपा झापा ५ नम्बर क्षेत्रिय समितिका अध्यक्ष गंगा प्रसाद दुलालको अध्यक्षता र पाटीका केन्द्रिय सदस्य तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका संयोजक लोकसागर सावाँको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो ।

कार्यंक्रममा जसपा केन्द्रिय सदस्य तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिका सचिव धनराज लिम्बू, केन्द्रिय सदस्य शशी लिङदेन लगायतका नेतृत्वहरुले कोशी प्रदेश नाम खारेजी र प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिकाृ बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *