सोलुखुम्बु, १२ जेठ–थुलुङ दूधकोशी गाउँपालिकामा अज्ञात समूहले एक महिलाको हत्या गरेको छ। गाउँपालिकाको वडा नं। ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए।

गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ। वडासदस्य सरिता राईका अनुसार महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ। थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *