काठमाडौं, १२ जेठ–नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुँदैछ। बिहीबारदेखि प्रतिवादीहरूको न्यायाधीशसमक्ष बयान हुनेछ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

नेकपा ९एमाले०का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ।

प्रकरणमा १६ जना पक्राउ परिएको छ। उनीहरूलाई अदालतमा बयान गराइने छ। १४ जना फरार छन्।

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियहीतविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

न्यायाधीशको अगाडि बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ। त्यसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *