काठमाडौं, १२ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शुक्रबार न्युजिल्याण्ड जाने भएका छन्।

न्युजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना हुने सभामा उनले विशिष्ठ अतिथिका रूपमा सम्बोधन गर्ने तय भएको छ।

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।

पार्टीकी पोलिटब्यूरो सदस्य दिलु पन्तका अनुसार अध्यक्ष नेपालले न्युजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्नेछन्।

करिब एक साता न्युजिल्याण्ड रहँदा अध्यक्ष नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली संघको कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *