काठमाडौं, १२ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकटको नाम आएपछि आपत्ति जनाएका छन्।
शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई च्यासलमा भएको बाट प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना नजिकका भनिएका मान्छेहरूलाई पोल्न लगाउने काम गरेकोमा आपत्ति जनाएका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा खासगरी मेरा नजिकका भनिएका मान्छेहरूलाई पोल्न लगाउने, कसरी नाम लेख्न, मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्नेरु पुलिससँग कसैले नाम उच्चारण गर्यो भने त्यो सँगसँगै नाम कसरी पुग्छरु कहिले भोलिपल्ट अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ। कस्तो तयारी साथरु साइन गर्न नमान्दा कति दिन बयान रोकियो। अनि भ्रष्टाचार कसरी भएको छ पछि तथ्यांक आउनेछ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार केशव दुलालले बयानमा ओलीको स्वकीय सचिवहरूको नाम लिएका थिए। उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको नाम पनि मुछेका छन्।
अध्यक्ष ओलीले यस प्रकरणमा सम्पूर्ण बाढी एमालेतर्फ खन्याउन खोजिएको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेविरुद्ध हिलो छ्याप्ने पयास गरेको आरोप लगाए।
