काठमाडौं, १३ जेठ–कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामाकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति–सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

कोशी नामकरणको विरोधमा पहिचानवादी समूहबाट हुनसक्ने आन्दोलनलाई मध्यनजर गर्दै विराटनगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकिएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *