काठमाडौं, १३ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

एमालेले गरेको संसद अवरोध खुलाउने विषयमा शनिबार बिहान पौने ९ बजे प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल जारी छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित तीनै दलका प्रमुख सचेतक पनि सहभागी छन्।

शुक्रबार एमालेले संसद अवरोध गरेपछि प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको उत्तर दिने कार्यक्रम रोकिएको थियो।

पशुपतिको जलहरी सुन हो कि पित्तल हो भन्नेबारे सरकारले सदनलाई जानकारी नगराएसम्म संसद बैठक चल्न नदिने एमालेको अडान छ।

नीति तथा कार्यक्रम सदनबाट पारित गरी बजेट ल्याउनुपर्ने प्रावधान छ। बजेट ल्याउने दिन नजिक आइसक्दा एमालेले संसद अवरोध गरेपछि प्रधानमन्त्रीले अवरोध खुलाउने पहल गरेका हुन्।

संसद बैठक आज अपराह्न चार बजे बस्ने तय भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *