दमक, १३ जेठ–संस्कृति, पर्यटन तथा राज्य पुनःसंरचना पूर्व मन्त्री गोपाल किराँतीले यसवर्षको साकेला उभौलीलाई किराँत राईहरुसहित पहिचान पक्षले साँस्कृतिक आन्दोलनको रुपमा मनाइएको बताउनुभएको छ ।
आज (शनिबार) झापाको कमल गाउँपालिकाको सितापुरीस्थित साकेला चौकमा किरात राई यायोक्खाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदैं पूर्व मन्त्री किरातीले यस्तो धारणा राख्नुभएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका मन्त्री किराँतीले पहिचान आधारित आन्त्दोलन र कार्यक्रम मार्फत प्रदेश १ पुनः नामकरण घोषणा गर्न पहिचान पक्षधरहरु एक जुट हुन आग्रह गर्नुभयो ।
मन्त्री किराँतीले एमालेको एक्लो प्रयासले कोशी प्रदेश नामकरण गरेर पहिचानको पक्षमा आन्दोलनरत समुदायको मान–सम्मानमा घात गरेको बताउनुभएको छ ।
वहाँले एमाले मुलुकका भष्ट्रहरुलाई भर्ती गर्ने राजनीतिक पार्टी बन्दै गएको र त्यसको भण्डाफोर गरिनुपर्ने समय आएको बताउनुभएको छ । पूर्व मन्त्री किराँतीले कोशी प्रदेश खारेजीको अभियानमा सहभागि हुन र प्रदेश १ को पुनःनामकरणका निम्ति आ–आफ्नो स्थानबाट सकारात्मक योगदान गर्न कार्यक्रममा आग्रह गर्नुभयो ।
पूर्व मन्त्री किराँतीले नेपालमा आदिवासी जनजातिलाई देश विह्रिन बनाउन समेत योजनाका साथ लागिपरेको आरोप लगाउनुभयो ।
यायोक्खा झापा अध्यक्ष गणेश बहादुर राईको अध्यक्षतामा भएको साकेला समापन कार्यक्रममा भारतको बाघडुग्राको साकेला टोलीसहित झापा, मोरङ र इलामका २७ वटा टोलीको सहभागिता थियो । सहभागि टोलीले आ–आफ्नो साकेला सिली (नृत्य) प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागि साकेला टोलीलाई प्रमाणपत्र र नगद रुपैयाले सम्मानका साथ बिदाई ग्िरएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा यायोक्खा झापाका सल्लाहकार सुमित्रा बाङदेल चेली, किराँत राई यायोक्खा प्रदेश १ समितिका सचिव राम राई लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यायोक्खा केन्द्रिय समितिका पूर्व उपाध्यक्ष क्याप्टेन बुद्धिबहादुर राई, यायोक्खा झापाका पूर्व अध्यक्ष इन्द्रमान चाम्लिङ राई, झापाका अग्रज पत्रकार दिपिन राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष भूमिका फियाक लगायतको उपस्थिति रहेको थियो ।
