दमक, १३ जेठ–दमकस्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवसको अवसरमा आज (शनिबार) खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
१४ओं स्थापना दिवसको अवसरमा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ५५ प्रिन्ट रगत संङ्कलन भएको छ ।
संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालका अनुसार रक्तदानमा कर्मचारी, संञ्चालक समिति, शेयर सदस्यहरु, स्थानीय व्यवसायीहरु र अन्य इश्छुकहरुले रक्तदानमा सहभागिता जनाएका थिए ।

सोही कार्यक्रमबीच दमकस्थित रेडक्रस सोसाइटी उपशाखाको रक्तसंचार विभागलाई सूर्य दर्शन सहकारी संस्थाले रक्तदानमा प्रयोग गरिने दुई थान बेड हस्तान्त्रण गरिएको छ ।
रक्तसंचार विभाग प्रमुख सिद्धार्थ दाहाललाई कार्यक्रममा संस्थाका अध्यक्ष टीकाराज सापकोटा, संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारी, कर्जा बिभाग प्रमुख इश्वर नेपाल, सञ्चालक राजकुमार खड्का, कमल नेपाल लगायतले सो सामाग्री हस्तान्त्रण गरेका थिए ।
त्यस्तैं, कार्यक्रममा सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रक्तदान अभियानमा नियमित रक्तदान गर्नुहुने ६ जना रक्तदातालाई मायाको चिनोसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा किशोर नेपाल, केदार आचार्य, बिजयमणी थपलिया, दिनेश पण्डित, रञ्जना श्रेष्ठ बस्नेत र सञ्जिब अग्रवाल छन् । उनीहरुलाई संस्थाक अध्यक्ष सापकोटा, प्रमुख कार्यकारी अधिकृत भण्डारी, कर्जा बिभाग प्रमुख नेपाल, सञ्चालक खड्का र नेपालले सम्मान गरेका थिए ।
यसअघि, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले दमकस्थित बसपार्क सरसफाई गर्नुका साथै दमकमा सामाजिक कार्यमा क्रियाशिल साथिभाई समुहलाई ३०–३० थान फोहोर संकलन गर्ने डष्टविन, फुलसहित गमला बितरण गरेको छ ।
त्यस्तैं, संस्थाको कार्यालय दमक ६ मा स्थानीय विद्यालयमा अध्ययनरत जेहे्रन्दार र लगनशिल विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु हस्तान्त्तण गरेको छ ।

