दमक, १४ जेठ–किराँत राई खालिङ छ्यालोस् वंश उत्थान समितिको शनिबार झापाको कमल गाउँपालिका वडा नं ५ पाडाजुङ्गीस्थित रोड स्ट्रार पार्टी प्यालेसमा भेला सम्पन्न भएको छ ।

भेलाले वंशावली संङ्कलन, तयारी र प्रकाशन, समितिले निर्माण गरेको अक्षयकोष र व्यवस्थापन लगायतको विषयमा छलफल गरिएको छ ।

त्यस्तैं, समितिमा रिक्त रहेको सहसचिव पदमा बिर्तामोड निवासी देउकुमार खालिङलाई मनोनत गरिएको छ । समिमतिको सहसचिव पदमा तालेजुङ निवासी खग्रेन्द्र खालिङ (बि) रोजगारको शिलशिलामा जापनमा कार्यरत हुनुहुन्छ ।

यता, समितिमा एक मात्र उपाध्यक्षलाई बढाएर दुई उपाध्यक्ष बनाउने निर्णय अनुसार खंंखुवासभाका कृष्ण खालिङलाई मनोतिन गरिएके छ । त्यसैगरी, समितिको कार्यकारी सदस्यमा बिर्जमान राई (पाँचथर) र ताप्लेजुङ निवासी हालः दक्षिण कोरियामा कार्यरत प्रशन्न खालिङलाई सदस्य पदमा जिम्मेवारी प्रदान गरिएको ।

समितिका अध्यक्ष डम्बर खालिङ (बाह्रदशी) को अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यसहित संस्था स्थापना हुनुको लक्ष्य र उदेश्यको बारेमा उपाध्यक्ष खगेन्द्र खालिङ (सौठा) ले बोल्नुभएको थियो ,।

समितिको दमकस्थित नेपाल बैंक लिमिटेडमा खाता सञ्चालनमा आएको छ । सो कार्यक्रममा समितिका कोषाध्यक्ष सन्ता खालिङले हालसम्म सङकलन भएका गतिििवधीहरुको बारेमा बोल्नुभएको थियो । त्यस्तैं, राजन खालिङ (कनकाई), कृष्ण खालिङ (संख्खवासभा) ले आ–आफ्ना बिचारहरु राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *