बिर्तामोड, १४ जेठ–महिला सञ्चारकर्मीहरुको छाता संगठन सञ्चारिका समूह नेपाल झापा शाखाको अध्यक्षमा लिला अनमोल चयन भएकी छिन् ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवाको प्रमुख आतिथ्यमा झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको बिर्तामोडमा भएको भेलाले अनमोलको अध्यक्षतामा नौ सदस्यीय सञ्चारिका समूह नेपाल झापा शाखा गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा जसोदा राजवंशी, सचिवमा अनुषा चुडाल, सहसचिवमा मनिषा गौतम, कोषाध्यक्षमा सविना सुव्वा रहेका छन् । त्यस्तै समूहको सदस्यहरुमा शुसिला संग्रौला, रेवतादेवी भट्टराई, अर्चना रिजाल, सेवन्ता घिमिरे रहेका छन्।

झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चारिका समूह नेपाल झापा शाखाको गठन गरिएको नवनिर्वाचित अध्यक्ष लिला अनमोलले बताइन् । सञ्चारिका समूह नेपाल झापा शाखाले महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृिद्धका कार्यक्रमहरु सञ्चालन गर्ने उनले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवाले झापामा पहिलो पटक सञ्चारिका समूह गठन गरेकोमा नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै महिला सञ्चारकर्मीहरुका लागि क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालनका लागी आफूले सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *