दमक, १४ जेठ–सेवा आरम्भ गरेको १५औं वर्ष गाँठको अवसर पारेर दमकस्थित ॐ शान्ति डेन्टल हस्पिटलले ग्राहकहरुका लागि विशेष कार्यक्रम ल्याएको छ । आइतबार, दमक–५ बेलडाँगी रोडमा अवस्थित ॐ डेन्टल हस्पिटलले १५औं बार्षिक उत्सवको अवसरमा ग्राहरुका लागि यस्तो कार्यक्रमको घोषणा गरेको हो ।
डेन्टलका सञ्चालक डाक्टर सिपी गैरेले दमकसहित वरपरका गाउँघरका ग्राहकहरुलाई लक्षित गरेर स्थापना गरिएको बताए । डाक्टर गैरेले दमकमा ओम डेन्टल हस्पिटलले १४ वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गर्न सफल हुनुमा हस्पिटलप्रती ग्राहकहरुको विश्वास बढ्नुले भएको बताए ।
डाक्टर गैरैका अनुसार डेन्टल सम्बन्धी उपचार र यसका प्रविधिहरु खर्चको दृष्ट्रिकोणले समेत महङ्गो भएपनि आर्थिक विपन्न र ग्रामिण क्षेत्रमा समेत स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरी सेवा प्रदान गरिरहेका छौं । गैरैले हस्पिटल मार्फत ग्राहका लागि उपचारमा छुट सहित सेवा सञ्चालन गरिरहेको र आगामी दिनमा हस्पिटलले थप गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।
कार्यक्रममा डाक्टर सोफिया लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन भने दमक नगरका पूर्व प्रमुख रोमनाथ ओली, दमक–५ का वडाध्यक्ष इन्द्र गुरुङ, दमक ९ का अध्यक्ष कुवेर भट्टराई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
