दमक, १५ जेठ–दमकको जेसीज चौकमा सञ्चालित मुख्य निर्णायक रेफ्रिरेन्स ल्यावले आज (सोमबार) आफ्नो पाँचौं बार्षिकोत्सव मनाएको छ । दमकमा पहिलो पटक अत्याधुनिक प्रविधिसहितको ल्याव सेवा दिने उदेश्यले स्थापना भएको निर्णायक रेफ्रिरेन्स ल्यावले पाँचौ बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सवको अवसर पारेर ल्यावले आफ्नै कार्यालयमा केक काटेर खुशियाली मनाएका छन् । ल्यावकी कर्मचारी समेत रहेकी दलित समुदायकी मिना मलिकले सो केक काटेकी थिइन् । ल्याव सञ्चालक, ल्याव सेवाका प्राविधिक टोली, नर्स, कर्मचारी र स्थानीय सञ्चारकर्मीहरुको उपस्थितिमा केक काटिएको हो ।
सो अवसरमा ल्यावमा ग्राहकहरुको निम्ति आगामी दिनमा थप गुणस्तरीय सेवा सञ्चालनका साथ भरपर्दो र विश्वशनिय रिपोट दिने प्रतिवद्धता जनाएको छ । सो ल्यावका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीका अनुसार पाँचौ बार्षिकोत्सवको अवसरमा ल्यावले होलबडीमा ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । होलबडीमा न्युनतम ३५ सयदेखि १० हजार ५ सयसम्मका बिभिन्न प्याकेजहरु राखिएको छ ।
त्यस्तै सम्पूर्ण स्वास्थ्य जाँचमा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । त्यस्तै थाइराइडका बिरामीहरुका लागि थाइराइड जाँचमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । सुगरका बिरामीहरुका लागि निशुल्क सुगर जाँचको सुबिधा पनि दिएको छ ।
आर्थिक हिसावले बिपन्न बिरामीहरुलाई पनि सुगर जाँचमा समस्या सहज होस् भनेर दैनिक निशुल्क सुगर जाँचको ब्यवस्था गरिएको ल्यावका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए ।

