काठमाडौं, १६ जेठ–सरकारले ८ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा आठ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए।

यस्तै ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा सरकारले निःशुल्क वितरण गर्ने भएको छ। उक्त औषधि वितरणका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरेको मन्त्री महतले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *