काठमाडौं, १६ जेठ–नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज घरेलु टोली मलेसियासँग दोस्रो टी–ट्वान्टी खेल्दैछ।

मलेसियाको युकेएम ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने नौ बजे सुरु हुनेछ। पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पाँच विकटले पराजित भएको थियो। मलेसियाले १(० को अग्रता लिएको छ।

नेपालको पराजयमा खराब ब्याटिङ मुख्य कारण बन्यो। टस हारेर पहिले गरेको नेपाल ५० रनमा समेटिएको थियो। मलेसियाले ५१ रनको समान्य लक्ष्य १३ दशमलब २ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपालले मलेसियासँग इतिहासमै पहिलो पटक पराजय व्यहोरेको हो।

यसअघि नेपालले सन् २०२२ मे मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको टी–ट्वान्टी आई सिरिज खेलेको थियो।

नेपालले सिरिज ३–२ ले गुमाएको थियो। नेपाली राष्ट्रिय महिला सिनियर टिमका लागि मलेसिया भ्रमणमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *