दमक, १८ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजे्रन्द्र लिङदेनले झापाको दमकका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल दर्जनौंलाई पार्टी प्रवेश गराएका छन् ।

दमकस्थित पशुपती मन्दिरमा आयोजित समारोहमा पार्टी अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री लिङ्देनसहित अन्य नेताहरुले दमकका युवा व्यवसायी हेमसागर अधिकारी, सुरेन्द्र खड्का, निरुपण भण्डारी, होटल व्यवसायी तथा नेकपा (एमाले) दमकका नेता भुपेन्द्र नेउपाने, एमाले निकट प्रेष चौतारी झापाका नेता कोशिष शिवाकोटी, जनता समाजवादी पार्टी दमकका नेता अशोक बस्नेत लगायत दर्जनौंलाई राप्रपामा प्रवेश गराएका हुन् ।

राप्रपा झापा क्षेत्र न ५ ले आयोजना गरेको कार्यक्रमको अध्यक्षता दमक ७ का वडा अध्यक्ष समेत रहनुभएका क्षेत्रीय अध्यक्ष भीम बहादुर पौडेलले गर्नुभएको थियो । सो कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई भब्य स्वागतसहित आजै पार्टीको सदस्यता वितरण गरिएको राप्रपा दमकका युवा नेता पदम राउतले जानकारी दिए ।

राप्रपाका केन्द्रिय प्रवत्ता तथा प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाही, राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका नगर प्रमुख राम थापा, राप्रपा झापा अध्यक्ष केशव प्रसाद ओझा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय सदस्य तथा दमका युवा व्यवसायी बिक्रम सुब्बा लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *