दमक, १९ जेठ–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमल नगर अस्पतालमा असोजदेखि सञ्चालनमा आएको कमल नगर अस्पतालमा प्रसुति सेवामार्फत एक जना महिलाले बच्चा जन्माएकी छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले सुरक्षित तबरले डेलीभेरी गराउन सफल भएका हुन् ।

दुई दिन अघि डेलीभेरी गरिएकी ती सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य छ । अस्पतालमा पहिलोपटक यस किसिमको सेवा सफलता पूर्वक गराएको अस्पताल प्रशासनले जनाएको छ ।

यसैवीच, पालिकाले सुरक्षित प्रसुति सेवा पुरयाँउन निशुल्क एम्बुलेन्स समेत सञ्चालन गरिआएको छ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखामार्फत पालिकाले पालिका भित्रका त्यस्ता लक्षित महिलालाई अस्पताल आउजाउ गर्न चालुवर्षदेखि निशुल्क एम्बुलेन्स सञ्चालन गरिआएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *