सुरुङ्गा (कनकाई), १९ जेठ–झापाको कनकाई नगरपालिका ७ न वडा कार्यालयले निःशुल्क मिटरबक्स वितरण गरेको छ । वडा कार्यलयमा आयोजित एक कार्यक्रमका बिच वडाका अति विपन्न १३ घर परिवारलाई निःशुल्क मिटरबक्स वितरण गरेको वडा अध्यक्ष भिस्मभुषण सिटौलाले जानकारी दिनुभयो ।

वडाले अति विपन्न, गरिब परिवार जुन मिटरबक्स आफुले खरिद गर्न नसक्ने र बाध्य भई अर्काको घरबाट लाईन तानेर बाल्न बाध्य १३ घर परिवारलाई निःशुल्क मिटरबक्स उपलब्ध गराईएको वडा सदस्य निर्मल आङथोपोले बताउनुभयो ।

यस अघिवडाले गत चैत १७ गते आएको हावाहुरीसहितको असिना पानीले घरमा क्षति पुर्‍याएका ८६ घर परिवारलाई राहत स्वरुप पुर्ण र सामन्य गरि दुई भागमा छुट्टयाई रकम बितरण गरेको वडा सदस्यीय अरुणा सुब्बाले जानकारी दिनुभयो ।

यता नगरपालिकाले पनि नगरबासीका लागि निशुल्क स्वास्थ्य बिमा, असिना पीडित किसानलाई निशुल्क धानको बिउ वितरण, पशु चौपायाका लागि निशुल्क शिविर, निशुल्क सिचाई मोटर वितरण, मकै छोडाउने, कुटिकाट्ने मिसिन लगायत दर्जनौं सामाग्री उपलब्ध गराउदै आएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भयो।

नगर प्रमुख पोखरेलले भन्नुभयो ‘बजेट अभावमा नगरका धेरै काम हुन सकेको छैन, तरपनि वडाको बजेटलाई प्राथमिकतामा राखेर सकेसम्म जनताका आवश्यकता पूरा गर्न लागिपरेका छौं ।’ नसकेसम्म स्थानीय सरकार घर आगनमा भएको अनुभुती हुनेगरी सबैलाई सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो।

पहिलो चरणमा हावाहुरीसहितको असिनाले घरमा क्षति पुगेका परिवारलाई थोरै भएपनि राहत होस् भनेर राहत प्रदान गरिएको वडाध्यक्ष सिटौलाले बताउनुभयो।

यता कृषिबालीमा क्षति पुगेका ३ हजार बढी कृषकलाई उन्नत जातको धानको विउ निःशुल्क उपलब्ध बाँकी सबैलाई माग अनुसार आधा रकम लिएर धानको बीउ उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *