काठमाडौं, २० जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको बिरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

सभापतिमा रहेर काम गर्ने आफ्नो कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए। उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे।

उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने बताए। उनले आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै थप सशक्त बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए।

‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ। सत्य कुरा हो। अहिले सबै ठाउँमा नेविसंघले जितेको छ। यो पनि सत्य कुरा हो। सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ । अब यसलाई अघि बढाउनु छ । अझ यसलाई बलियो बनाउनु छ । गाली गरेर केही हुनेवाला छैन।’ काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । बिरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ । लडाई गर्ने हो रु अफ्ठ्यारोमा गयो भने के गर्ने। अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *