झिलझिले, २० जेठ–झापाको शिबसताक्षी–८ झिलझिलेमा दलित अधिकार समन्वय नगर समितिले आजदेखि रोजगमार मुलक कुक तथा वेटर तालिम सञ्चालन गरेको छ । शिबसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा दलित अधिकार समन्वय समितिले नगरको ११ वटा वडाबाट प्रतिनिधित्व हुनेगरी कुक तथा वेटर तालिम आयोजना गरेको हो ।
झिलझिलेस्थित झिलझिले माध्यमिक विद्यालयमा आयाोजित कार्यक्रममा सो तालिमको उद्घाटन नगर उपप्रमुख नरमाया कार्कीले गर्नुभएको छ । सो अवसरबीच शिबसताक्षी–८ भित्रका चारवटा सामुदायिक विद्यालयमा अध्ययनरत दलित छात्रा–छात्रलाई विद्यालय पोशाक वितरण गरिएको छ । त्यसैगरी, असल बुहारी, जेष्ठ नागरिक सम्मान, एकल महिला सम्मान र दलित समुदायका पुख्यौली पेशाकर्मीलाई सम्मान गरिएको थियो ।
वडा नं ८ भित्र झिलझिले माध्यमिक विद्यालय (झिलझिले), भगवती आधारभूत विद्यालय (डुडामारी), सरस्वती आधारभुत विद्यालय (ढ्ंगेल चौक) र अरुण आधारभुत विद्यालय (सम्झाना चौक) बाट ३६ जना जेहेन्दार, अनुशासित, लगनशिल र विपन्न दलित विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।
त्यस्तैं, वडा नं ८ भरीबाट दलित समुदायका जेष्ठ नागरिक, एकल महिला र असल बुहारी समेत गरी २५ जनालाई दोसल्ला ओढाएर सम्मापत्रले कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएकी शिबसताक्षी नगर उपप्रमुख कार्कीले उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
दलित समन्वय समितिका अध्यक्ष खगेन्द्र लम्जेलको अध्यक्षतामा कार्यक्रम भएको र सोही कार्यक्रममा अधिवक्ता रोमनाग विश्वकर्म र इन्सेक झापा प्रतिनिधि तथा मानवअधिकारकर्मी नरेश खातीले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा शिबसताक्षीका दलित जनप्रतिनिधिहरुसहित सामाजिक अगुवा ज्ञानेन्द्र विश्वकर्म, कलाकार धिरज परियार लयायतको उपस्थिती थियो भने कार्यक्रमको सञ्चालन सचिव पूर्ण लकान्द्रीले गर्नुभएको थियो ।
