दमक, २० जेठ–आकस्मिक गर्मी बढेपछि दमकमा २३ जेठ सम्म बिद्यालयहरु नखुल्ने भएका छन । दमक नगरपालिकाले गर्मीको प्रभाव र असरलाई मध्यनजर गर्दै सरोकारवालाहरुको सुझावका आधारमा बिद्यालय बिदाको समय थप लम्ब्याएको हो ।
यसअघि जेठ १८ र १९ गते गर्मीको कारण स्वास्थ्य अवस्थामा समेत पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै बिदा दिइएको थियो ।
शनिबार नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा २१ गतेदेखि २३ गतेसम्म शैक्षिक सत्र २०८० को बर्खे बिदाबाट बिदा कटौती गर्ने गरी थप बिदा दिइएको उल्लेख छ ।
मौसम पुर्वानुमान महाशाखाको अनुसार अझै ५ दिन सम्म तराईका जिल्लाहरुमा तातो हावा९लु० चल्न सक्ने अनुमान गरिएको छ ।
