झिलझिले, २० जेठ–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षी मन्दिरमा क्लब हिमालय टाइगर दमक शाखाले सरसफाइ सचेतना र खाध्यन्न सहयोग पुर्याइएको छ ।
क्लब हिमालय टाइगर दमक शाखाका स्वयंसेवक सदस्यहरुले आज बिहान झापाको शिबसताक्षी–११ सताक्षीधाममा पुगेर सरसफाइ सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्नुका साथै मन्दिरमा रहेका साधु सन्तहरुका लागि ५० केजी चामल, फ्रुटी लगायत खानेकुरा उपलब्ध गराएका हुन ।
सो अवसरमा क्लबका दमक शाखाका कार्यबाहक अध्यक्ष मेघनाथ फुयालले क्लबका तर्फबाट १० थान डस्टविन पनि धाम बिकास समिति अध्यक्ष बोखिमलाई हस्तान्तरण गरेका थिए ।
अध्यक्ष बोखिमले सस्थाको त्यसकिसिमको सहयोग प्रती आभार तथा धन्यवाद व्यक्त गरे । क्लबका सचिब तिर्थराज राई, कोसाध्यक्ष राजु अधिकारी लगायत एक दर्जन बढी स्वयंसेवकहरु सहभागी थिए ।
