काठमाडौं, २१ जेठ–संसद्‌मा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ। छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।

आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ।

जेठ १५ गते अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए। त्यसपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्न लागेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *