बिर्तामोड, २२ जेठ–झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार बेलुका अर्जुनधारा–बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त होटलको रुम नम्बर १०१ मा बस्ने अर्जुनधारा–१० का ३० वर्षीय विक्रम लिम्बु र पाँचथर फिदिम–१ का ३४ वर्षीय मदन मगरलाई पक्राउ गरेको हो ।

मगरले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा ब्राउनसुगर ३६ ग्राम, डिजिटल तराजु एक थान र २ हजा ५३० रुपैयाँसहित फेला पारी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *