हरुलाई ब्याङडाँडा (शिबसताक्षी), २२ जेठ–झापाको शिबसताक्षी नगरपालिकामा युवाहरुलाई लक्षित गरेर सञ्चालन भएको सीप तथा रोजगार मुलक विद्युतिय सिटी सफारी (अटोरिक्सा) तालिमको आज सम्पन्न भएको छ । शिबसताक्षी नगरपालिकाको आर्थिक सहयोग र नेपाल आदिवासी जनजाति महासंघ नगर समितिले आयोजना गरेको ६ दिने अटोरिक्सा तालिम सोमबार सम्पन्न भएको हो ।
ब्याङडाँडास्थित नगरपालिकाको कार्यालयमा आयोजित तालिम समापन कार्यक्रममा नगर प्रमुख रोशन थोप्रा, उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत अमृत राईले तालिममा सहभागि युवाहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सो क्रममा नगर प्रमुख थोप्रा, उपप्रमुख कार्की र प्रमुश प्रशासकीय अधिकृत शशि राईले शुभकामना व्यक्त गरेका थिए । तालिममा सिकेको सीप र रोजगारको बारेमा आ–आफ्ना बिचारहरु राखेका थिए । उनीहरुले युवाहरुलाई तालिममा सिकेको सीपलाई व्यवहारमा प्रस्तुत गरेर आम्दानी गरेर देखाउन सुझाएका थिए ।
नगरपालिकाको कार्यालयबाट रु ३,५०,०००। र नेपाल आदिवासी जनजाति महासंघ मार्फत उपभोक्ता समितिबाट रु ४०,०००। सहित जम्मा रु ३,९०,०००। मा युवाहरुलाई सिटी सफारी तालिमको समापन गरिएको हो ।
आदिवासी जनजाति महासंघ शिबसताक्षी नगर समितिका अध्यक्ष धनबहादुर राईको अध्यक्षता र नगर प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।
तालिममा नगरको ११ वटै वडाहरुबाट युवाहरुले सहभागिता जनाएका थिए । गत जेठ १७ गतेबाट संञ्चालनमा आएको सटी तथा सफारी तालिम ६ दिनपछि समापन भएको हो ।
कार्यक्रममा समाजवादी प्रेष संगठन झापाका सहसचिव तथा स्थानीय पत्रकार गोविन ल्वागुन, आदिवासी जनजाति शिबसताक्षीका अगुवा भीम सुनुवार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
